2026-09-24 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरले लिन पाउने सेवाशुल्क एक महिनाको तलब बराबर बनाउन प्रधानमन्त्रीले मागे ग्यारेन्टी

असार २६, काठमाडौँ । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाउँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क सहित बिभिन्न पाँच माग अघि सारेका हुन् । 

व्यवसायी संघले राखेका पाँच माग मध्ये मुख्य माग सेवा शुल्क रहेको छ । वैदेशिक रोजगारीमा कामदार पठाउँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्ने सम्बन्धमा यस अघिनै बिभिन्न कार्यक्रमको दौरान श्रममन्त्री शरदसिङ भण्डारीले व्यवसायीहरुलाई सकारात्मक आश्वासन दिदै आएका छन् । यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहेको अवस्थामा व्यवसायीहरु प्रधानमन्त्री भेट्न पुगेका हुन् । म्यानपावर व्यवसायीहरुले यस अघिनै पत्रकार सम्मेलन गरेर आफूहरुले लिन पाउने सेवा शुल्क बढाएर कम्तीमा एक महिनाको तलब बराबर सेवा शुल्कको माग गर्ने सम्बन्धमा जानकारी गराएका थिए । 

मंगलबार संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वको संघको टोलीले प्रधानमन्त्री कार्यालयमै पुगेर म्यानपावरहरुले लिन पाउने सेवा शुल्क बढाएर एक महिनाको तलब लिन पाउने बनाउन पहल गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सेवा शुल्क बढाएर अघि बढ्दा म्यानपावरले लिने सेवा शुल्कको ग्यारेन्टीबारे चासो देखाए । प्रधानमन्त्री भेट्न पुगेको टोलीलाई प्रधानमन्त्री प्रचण्डले सेवा शुल्कको ग्यारेन्टीबारे चासो देखाएपछि संघका अध्यक्ष भण्डारीले संघकै ग्यारेन्टीमा नयाँ सेवाशुल्क परिमार्जन गरि अघि बढ्ने र म्यानपावरहरुले नयाँ निर्णय अनुसार गरे नगरेको अनुगमन गर्न सरकारी पक्षलाई संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यस्तै प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीको मागमै पहिलो प्राथमिकतामा परेको विषय कम्तिमा एक आर्थिक बर्षमा १०० जना भन्दा कम कामदार पठाउने म्यानपावर खारेज हुने व्यवस्था हटाउनमा केन्द्रित रहेको छ । वैदेशिक रोजगार ऐनअनुसार आगामी ३१ असारसम्म सरकारले बाधा अड्काउ फुकाउको निर्णय नभएमा करिब २ सय वटा म्यानपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा पर्ने अवस्था छ । संघले यो बाध्यकारी व्यवस्था हटाउन प्रधानमन्त्रीसँग पहल गरेको छ । पहलको विषयमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएको संघका अध्यक्ष भण्डारीले बताए । 

संघका महासचिव मेघराज भुर्तेलले संघको पहल अनुरुप नेपाल सरकार मन्त्रीपरिषदबाट बैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ बमोजिम बाधाअड्काउ फुकाउ प्रयोग गरि बार्षिक १०० जना कामदार नपठाएका इजाजतपत्र प्राप्त संस्थाहरु नविकरण गर्ने निणर्य भएको जानकारी दिँदै प्रधानमन्त्री सहित सम्बन्धित पक्षलाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु