नेकपा एमालेको सचिवालय बैठक बस्दै, यी एजेण्डा माथि छलफल हुने

साझासवाल
1 Min Read

<p><b>असार ३०, काठमाडौँ |</b> नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आज (शनिबार) दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो ।&nbsp;<br></p><p>बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।</p><p>पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए। विभागीय कामहरूको संयोजन गरिरहेका उपाध्यक्षहरूसँग छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो । बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply