असार ३०, काठमाडौं | सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो ।

राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहेका छन् ।

मन्त्रालयका अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, फ्रान्सका लागि सुधिर भट्टराई, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।

क्यानडास्थित नेपाली दूतावासको लागि भने अझै नाम सिफारिस गरिएको छैन |

Related News