साउन ४, काठमाडौँ | नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुबई जान लागेका चार जनालाई पक्राउ गरेको छ ।

कठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरुलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई चेकजाँचका क्रममा अवैध मुद्रा भेटिए पछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।

उनीहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ |

विमानस्थलबाट दुबई जान लागेका चार नेपाली १ करोड २५ लाख विदेशी मुद्रासहित पक्राउ
Leave a Comment