Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भूकम्पपीडितलाई तत्काल पाँच लाख दिन माग

By kit

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/04ff357a0ef167025b8021e38cedf9741475242243.jpg" style="float: left;"><b>असोज १४, काठमाडौँ ।</b> नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल पाँच लाख दिनुपर्ने बताउनुभएको छ ।&nbsp;<br></p><p>पार्टीले आज भद्रकालीमा गरेको धर्ना कार्यक्रममा संयोजक डा भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका २५ बुँदे सम्झौताका केही बुँदा नेपालको राष्ट्रहितमा नभएको भन्दै आपत्ति जनाएका थिए ।&nbsp;</p><p>धर्ना कार्यक्रममा प्रदेश सीमाङ्कन नमिलाई पञ्चायतकालीन इलाकालाई नै गाउँपालिकामा रुपान्तरण गर्ने निर्णय खारेज गरिनुपर्ने, महँगी तथा भ्रष्टाचार नियन्त्रण र दैनिक उपभोग्य सामग्रीको सुपथ मूल्य कायम गरिनुपर्ने लगायत माग गरिएको थियो ।&nbsp;</p>