सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्वारा सदन अवरोध

साझासवाल
1 Min Read

साउन १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले सम्वोधन गरेका थिए । उनले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको बताए । रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वन्टिलका क्वीन्टल सुन भित्र्याएको उनको दाबी थियो ।

गिरीले प्रश्न गरे, ‘यसरी भइरहेको सुन तस्करीलाई संरक्षण गर्ने काम गृहमन्त्रीले अर्थमन्त्रीले र प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन ?’

गिरीले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरे ।

उनले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो ।

‘उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ ?’ उनले प्रश्न गरे ।

गिरीको सम्वोधनलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाइरहेका छन् । सभामुखले कांग्रेसका सुनील शर्मालाई बोल्न समय दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply