2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

कार्तिक २३, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​

बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । ​

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका  साझा अधिकार सूचीमा रहेको अधिकारमा आवश्यक कानून बनाएर कार्यान्वयन नगर्दा प्रदेश र स्थानीय तहमा धेरै समस्या भएको भन्दै मुख्यमन्त्रीलाई यसमा तपाईँको कार्य योजना के रहेको छ, भनेर प्रश्न सोधेका थिए ।


जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानूनहरू धेरै बनाएको बताएका थिए ।

संघले प्रदेश र स्थानीय तहलाई दिने साझा सूचीका अधिकारहरूका कानून बनाउने भन्दा सरकार फेरबदल गर्ने र सरकार बचाउने खेलमा संघीय सरकार लागेको उनको आरोप छ ।

‘संघीय संसदमा कहिले प्रदेशहरूलाई तुच्छ बोल्ने, गन्दै नगन्ने जस्ता प्रायोजित कुरा गरेर उहाँहरूले समय बिताउनुभयो,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिले पनि प्रदेश र स्थानीय तहलाई स्थापित गर्ने संविधानको अधिकार प्रत्यायोजन गर्ने कानून बनाउन ढिला गर्दै हुनुहुन्छ ।’​

संघीय संसदमा प्रदेशलाई होच्याएर बोल्ने गरेको  उनले आरोप लगाए । प्रदेश निजामती सेवाको कानून अगाडि बढ्दै गएको र  प्रदेशसभामा पनि विचाराधीन रहेकाले केही राम्रो संकेत आइरहेको उनले बताए । अब त्यही अवस्थामा पनि बस्न नसक्ने उनको भनाइ छ ।

‘नेपालको संविधानअनुसार प्रदेशलाई दिने अधिकार प्रदेशमा ल्याउनका लागि अघिल्लोपटक मैले संघीय सरकारलाई मुद्दा हाल्ने कि भनेको थिएँ । तर त्यति बेला म दोस्रो बरियतामा थिएँ । अहिले म पहिलो दर्जामा पुगेको छु,’ उनले भने, ‘संघीय सरकारले कब्जा गरेका अधिकार ल्याउनका लागि मुद्दा हाल्न पनि सक्छौं ।  संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबार मै धर्ना दिन पनि सकिन्छ । छिटै आएन भने र उहाँहरूले तदारुकता देखाउनु भएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हैसियतमा धर्ना दिन्छु र प्रदेशको अधिकार छिटै ल्याउन लाग्छु । म सम्मानित सभासँग अनुमति पनि माग्छु ।’ 

यस्तै मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।​

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमालेकै एजेन्डाअनुसार सहमतिको सरकार बनाउन आफू लागेको बताए ।

‘पहिले तपाईँ आफै प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक्क-बुरुक्क गर्नुहुन्थ्यो । अहिले एमालेको सहयोगमा मुख्यमन्त्री बनेपछि केन्द्रबाटै परिचालित हुन थाल्नुभयो । त्यही भएर एमालेलाई खोलो तरेपछि लौरो बिर्सेजस्तो गर्नुभयो । अब एमालेलाई के गर्नुहुन्छ ?’ भन्दै राजभण्डारीले मुख्यमन्त्री कार्कीलाई प्रश्न गरेका थिए ।

राजभण्डारीको प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले आफू सरकारलाई एमालेको समर्थन कायमै रहेको बताए । ‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ । एमालेका मन्त्रीज्यूलाई मैले सरकारबाट निकालेको होइन । उहाँहरू  आफैले राजीनामा दिनुभएको हो ।  मैले लौरो बिर्सेको छैन । बरु लौरो आफैं आवेशमा, इमोसनमा आएर निस्कनु भयो । म एमालेलाई साथै लिएर हिँड्न प्रतिबद्ध छु,’ मुख्यमन्त्री कार्कीले भने । 

मुख्यमन्त्री कार्कीले एमालेका माननीयहरूलाई दौरा सुरुवाल लगाएर मन्त्री हुने तयारीमा बस्न समेत आग्रह गरेका छन् । 

कोशी प्रदेशमा पहिलोपटक मुख्यमन्त्रीसँग ‘प्रश्न उत्तर’ कार्यक्रम भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट