२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा आए: पौडेल

२०७४, ११ भाद्र आईतवार ०४:२१

भदौ ११, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताउनुभएको हो । प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भन्नुभयो, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् । 

उहाँले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताउनुभयो । पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँगे्रस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राख्नुभयो । 

संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु