२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने, कहिले कहाँ ?

२०८०, ११ श्रावण बिहीबार १६:३२

साउन ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ ।

रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

शुक्रबार र शनिबार ( साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र  भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।

प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो