Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ

२०८१, ७ चैत्र बिहीबार १६:३२

काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ त। मन्त्री भयौँ त, आफ्ना मन लागेकालाई मन्त्री बनाएका होइनौँ ? आफ्ना मन लागेकालाई टिकट दिएका होइनौँ? तिनले के परिवर्तन गरे ?,’ नेता भण्डारीले भने, ‘वरिपरि गरिब राखेर बिचमा ठुलो घर बनाउने भन्दा वरिपरि गरिबको ठुलो घर बनाएर आफ्नो घर बनाएको भए आज हामी कहाँ पुग्थ्यौँ ? यही हो कुरा ।’

त्यही भएकाले आज असन्तुष्टि चुलिएको उनले बताए । उनले भने, ‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’

आफू भने नडराएको भण्डारीले दाबी गरे । ‘हामी किन डराएका छैनौँ भन्दा हामीले जीवनमा कुनै खोट गरेका छैनौँ। हामी कांग्रेस बनाउन सक्छौँ, प्रजातन्त्रको रक्षा गर्न सक्छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै