Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय दलका कार्यकर्ताले मलाई बाटो छेकेर तर्साए, दुर्व्यवहार गरे: सोविता गौतम

२०८१, २१ श्रावण सोमबार ०८:२५

साउन २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छन्। उनले प्रतिनिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन्। गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार गरेको बताइन्।
उनले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १५-१० जना युवाले आफूलाई घेरेर प्रश्न गरेको बताइन्।
उनले भनिन्, ‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो। तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले।’ गौतमका अनुसार ती युवा गाँजा र रक्सीको नसामा थिए। उनले भनिन्, ‘ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए।’ तीमध्ये एक युवा कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको दाबी गौतमको छ।
उनले भनिन्, ‘बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र? के यो जंगली प्रकारको व्यवहार भएन र?सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने?’ अब आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँकहाँ चौतारो छ, कहाँकहाँ खाली ठाउँ छ भनेर डराउनुपर्ने अवस्था आएको उनले बताइन्।
सांसद गौतम र केही युवाबीच विवाद भएको भिडियो क्लिप सामाजिक सञ्जालमा आइतबार सार्वजिनक भएको थियो। गौतमका अनुसार त्यो भिडियोमा विवाद भएको अन्त्यतिरको मात्रैको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश