प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट

साझासवाल
1 Min Read

साउन १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।

‘प्रधानमन्त्रीले वालुवाटार बोलाउनुभएको थियो । संसदलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल भयो,’ परियारले भने ।

साथसाथै आफूले संसद गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘संसदले नीति निर्माण गर्ने कुरामा ढिला भइराखेको’ पनि प्रधानमन्त्रीलाई बताएको परियारले जानकारी दिए ।

सदन र समितिलाई प्रभावकारी बनाउने गरी रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन । जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए  ।

Share This Article
Leave a Comment

Leave a Reply