Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मानव अधिकार शान्ति समाज नवलपरासीको सभापतिमा बिक

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया कार्यसमिति चयन गरिएको छ ।

नवलपरासीको गैडाकोटमा आज नेपाली कांग्रेस नेता बिक्रम खनालको प्रमुख आतिथ्य तथा मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक्षतामा भएको अधिवेषनवाट सर्वसम्मत रुपमा उक्त समिति गठन गरिएको हो । जस्को उपसभापतिमा डाक्टर मोती ढकाल, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा निर्मला यादव चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा लक्ष्मी देवी चौधरी, संजीत शर्मा, बदरी नेपाल, लक्ष्मी प्रसाद सोती, भगवति अधिकारी रहनु भएको छ भने बाकी रहेका ४ जना सदस्य पदपछि पदपुर्ति गर्ने बताईएको छ ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेता खनाले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने भन्दै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो । मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु उँहको भनाई रहेको थियो ।

सो अवसरमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको नि वर्तमान उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले नवनिर्वाचित कार्य समितिको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।