२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौतर्फी घेराबन्दीमा प्रचण्ड

२०७३, २३ कार्तिक मंगलवार ०१:३६

कात्तिक २३, काठमाडौं । आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन् ।

आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री प्रचण्ड घेराबन्दीमा परेका हुन् ।  

उनको पक्षमा वकालत गरिदिनको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएका छन्।

लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् ।  ‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र रस बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइने छैन ।’

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय  कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विपक्षमा महाभियोग प्रस्ताव दर्ता गराउन पार्टीमा एकमत गराउन नसकेको, भूकम्प प्रभावित क्षेत्रका जनतालाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न नसकेको, पार्टी संगठनलाई अस्तव्यस्त बनाएको आरोप पनि उनीमाथि छ ।

प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव आफूले नल्याएको दाबी गरे पनि जनमत उनको भनाइलाई विश्वास गरिरहेको छैन । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री दाहालले भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको र अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव गरेकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन् ।

चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउन नसकेको, चीनसँग अघिल्लो सरकारले बनाएको सुमधुर सम्बन्ध कायम राख्न नसकेको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा आवश्यकताभन्दा बढी ‘भक्तिभावु प्रस्तुत गरेको आरोप पनि दाहालमाथि लागेको छ ।

केही वर्षअगाडि मोहन वैद्य र बाबुराम भट्टराईले पार्टीभित्र आफूविरुद्ध अन्तरसंघर्ष चलाउँदा दाहालले आफूभित्र र बाहिरबाट घेराबन्दीमा परेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘अहिले पनि केन्द्रीय समितिमा आउन चाहनेको सूची करिब पाँच हजार पुगेको छ तर अप्ठ्यारो पर्दा नेतृत्वको रक्षा गर्ने कोही देखिँदैनु, दाहालको सचिवालयका अर्का सदस्यले भने । अन्नपूर्ण पोष्टबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी