पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १५, काठमाडौँ । एमालेले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

संसद् भवन बानेश्वरमा बुधबार सम्पन्न संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भन्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । संसद्को बैठक सुरु हुनु १५ मिनेट अगावै आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि पनि बैठकले निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण उपनेता सुवास नेम्वाङको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो । सरकारले सीमा फेरबदल गर्ने गरी मंगलबार राति संसदमा संविधान संशोधन विधेयक पेश गरेको थियो ।