डा. प्रकाशचन्द्र लोहनीद्धारा राप्रपा परित्याग (विज्ञप्तीसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

फागुन २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आजैबाट राप्रपा परित्याग गरेका छन् ।

आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजको मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलनमार्फत जनाएका छन् । आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।

एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’

जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीको एकीकरण अगाढि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो, यो प्रतिवद्धतालाई पनि ठाडै लत्याईएको छ ।’ उनले चुनाव चिन्ह हलो राख्ने भद्र सहमति भएको भएपनि अहिले आएर उक्त सहमतिलाई ठाडै लत्याईएको र उल्लंघन गरेको आरोप लगाए ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्रमा ११ बुँदे असन्तुष्टिसहितका आरोपहरु लगाएका छन् । जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विद्येयकमा भारी असन्तोष व्यक्त गर्दै आएको हो, र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो ।

राप्रपाका मन्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सबै बुँदाहरुमा पार्टीभित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो, यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेशको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् ।’

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply