Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नागरिक समाज डोल्पाद्धारा भारतिय एसएसबिको बिरोध

By kit

टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ । गौतमको सम्झनामा भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध सभा एबम र्याली गरेको हो ।

सहित गोबिन्द गौतम अमर रहुन,सिमा मिच्न पाइदैन,भारतिय हस्तक्षेप बन्द गर,भारतिय बिस्तारबाद मुर्दाबाद,सिमा ज्यादति बन्द गर जस्ता नारा लेखिएका पर्चाहरु बोकेर गौतमको फोटो सहित दुनै बजारको परिक्रमा गरि भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध गरिएको नागरिक समाज डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो ।

कन्चनपूरमा ज्यान गुमाएका गोबिन्द गौतमलाइ सरकारले सहिद घोषणा गरेर राष्ट्रिय सम्मान सहितको अन्त्यष्टि गरेकोमा सरकार प्रति कृतज्ञता प्रकट गर्दै सञ्चारकर्मिको पनि एक्यबद्धा रहेको र भारतिय सिमा सुरक्षा बल (एसएसबि) का जवानलाइ कारवाहि गरि भारत सरकारले नेपाल सरकारसँग माफी माग्नु पर्ने नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगँले बताउनु भयो ।

सयौको सँख्यमा उपस्थित भएका नागरिक समाजका प्रतिनिधि,राजनितिक कर्मि,सँचारकर्मि लगायत बिभिन्न राजनिकि दलका भातृसँगठनका प्रतिनिधिहरुको उपस्थितिमा भारतिय सिमा सुरक्षा बल (एसएसबि)को बिरोध गरि एक मिनेट मौन धारण गरिसहिद गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको नागरिक समाज डोल्पाले जानकारि दिएको छ ।

नेपालीले स्वतन्त्र रुपमा सिमा क्षेत्रमा जिवन यापन गर्न पाउनु पर्ने र बारमबार सिमा क्षेत्रमा भारतियले ज्यादति गरेको कारण नेपालीले दुख पाउने गरेकोले आजका मितिबाट बन्द गर्नु पर्ने र बारमबार नेपालीले सहेर नँबस्ने नागरिक समाज डोल्पाका सँयोजक ढकालले बताउनु भयो ।