Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको हो : डा यादव

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ, ३० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ भन्नुभयो ।”

उहाँले भन्नुभयो, “मतदाता नामावली सङ्क्कलन अन्तिम चरण पुगेको छ, अब मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन्, त्यो आधारमा मतपत्र छाप्ने र कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएका छौँ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई बोलाएर चैत पहिलो हप्तासम्म कर्मचारी खटाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलभित्र सहमतिको खाँचो रहेको उल्लेख गर्दै निर्वाचनमा सबै दलको प्रतिनिधित्व होस् भन्ने आयोगले चाहेको छ भन्नुभयो ।

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले यसलाई सबैले उत्सवका रुपमा लिनुपर्ने बताउँदै उहाँले स्थानीय तहको निर्वाचनका लागि एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको जानकारी दिनुभयो । रासस