Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुपन्देही–३ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार बन्न ९ जनाको आवेदन,को को हुन् ९ जना नाम सहित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन नौ जनाले आवेदन दिएका छन् ।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरूलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवेदन दिएको रास्वपाले जनाएको छ ।

रास्वपाले निवेदन दिएकाहरूको नामावली बिहीबार नै प्रकाशित गरेको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्टाइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उनले बताए ।

रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्टाइएको आचार्यले बताए ।

उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ । निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।