२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाचा पूरा गरेरै छाड्छौँ : प्रधानमन्त्री देउवा

२०७८, ८ श्रावण शुक्रबार १०:५२

साउन ८, काठमाडौँ (रासस)। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । 

प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो ।  

प्रधानमन्त्री देउवाले भन्नुभयो, “राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।” 

संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै भन्नुभयो, “विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।” उहाँले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरुलाई धन्यवादसमेत दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ