२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, यस्तो छ तरिका

२०७८, ८ श्रावण शुक्रबार ०९:००

साउन ८, काठमाडौं । बागमती प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । त्यसका लागि बागमती प्रदेशले शुक्रबारदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उक्त अनलाइन सेवाको उद्घाटन गरेका हुन् । बागमती प्रदेशभित्र दर्ता भएका मात्रै नभएर अन्य प्रदेशमा दर्ता भएका तर बागमती प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सकिने छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ ।

टिएमआईएसबाट सवारी साधन तथा सवारी धनीको विवरण प्रविष्ट गर्न तथा हेर्न, कर, दस्तुर सहितको राजश्व एकीन गर्न, अनलाइन भुक्तानी गर्न तथा अन्य तोकिए अनुसारको सेवा प्राप्त गर्न सकिन्छ ।

कसरी तिर्ने ?

मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट कर तिर्न सकिन्छ । टिएमआईएसबाट कर तिर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि दाँयासाइडमा सवारीधनी लगइन पोर्टल देखिन्छ ।

त्यहाँ नयाँ दर्ता भन्ने एउटा अप्सन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो विवरण राख्नेर अकाउन्ट बनाउनुहोस् । त्यसपछि अकाउन्ट लगइन गर्नुहोस् । लगइन गरेपछि त्यहाँ एउटा प्लस आईकन देखिने छ सो आईकनमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो ब्लुबुक अनुसारको विवरण थप्नुहोस् र आफ्नो प्रोफाइल अपडेट गर्नुहोस् ।

यदी विवरण मिलेन भने आफै विवरण सच्याउन पनि सकिन्छ । अब त्यहाँ भुक्तानी गर्नुपर्ने कर रकम देखिन्छ । आफ्नो सवारीसाधनको बिमा कायम रहेको नरहेको एकीन गर्नुहोस् र छैन् भने अनलाइनमै उपलब्ध भएको बिमा भर्नुहोस् । त्यसपछि कर तिर्नुहोस् भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् ।

यति भएपछि कर तिर्नुपर्ने रकम त्यहाँ देखाउँछ । त्यसपछि कुन कार्यालयमा कर तिर्नुपर्ने उक्त कार्यालय छनोट गर्नुहोस् । अनि त्यहाँ एउटा विवरण देखिन्छ जहाँ कनेक्ट आईपीएस क्लिक गरी रकम तिर्नुहोसमा क्लिक गर्नुहोस् ।

त्यसपछि कनेक्ट आईपीएस लगइन गर्नुहोस् र कुन बैंक खाताबाट रकम तिर्ने भनेर खाता छनोट गर्नुहोस् र सबमिट गर्नुहोस् । अनि ओटिपी राखेर भुक्तानी गर्नुहोस् । रकम भुक्तानी भएपछि रसिद डाउनलोड गर्ने अप्सन देख्नुहुनेछ । उक्त रसिदमा क्युआर कोडसहित तपाईको सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।

उक्त डाउनलोड गरेको रसिद तपाईको सवारीसाधनमा टास्नुहोस् । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त कोड स्क्यान गरी कर तिरे नतिरेको एकीन गर्नेछन् । यो कोड राखेपछि ब्लुबुक बोकेर हिड्नु पर्दैन् । यो सबै सेवा नागरिक एपबाट समेत लिन सकिन्छ ।  

अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नका लागि एक महिनाभित्र यातायाता कार्यालय पुग्नु पर्नेछ  । एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की