<p><b>पुस ९, काठमाडौँ |</b> नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।<br></p><p>अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ।</p><p>माओवादीको राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताइएको छ। माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।</p>