कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान (तश्वीरहरु)

साझासवाल

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको राजनीतिक  परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

तश्विरहरु:

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी नेताहरु शनिबार प्रमाणपत्र ग्रहण पश्चात कांग्रेस केन्द्रिय कार्यालय सानेपामा । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी हुनुभएका पूर्वपत्रकार अजयबाबु सिवाकोटीलाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीरः प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी उपसभापतिमा विजयी हुनुभएका पूर्णबहादुर खड्कालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी हुनुभएका विश्वप्रकाश शर्मालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर : प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी हुनुभएका गगनकुमार थापालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनवाट पार्टी सभापतिमा विजयी हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त, रासस

Leave a Comment

Leave a Reply