2026-06-16 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओवादी पुनः बौरिएर आउँछ’

२०७८ पुष १२, सोमवार

पुस १२, काठमाडौँ | तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपी राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन । 

जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान गयो । हजारौँ नागरिक घाइते भए । एक हजार ५०० बढी नागरिक बेपत्ता भए । राजनीतिक रूपमा परिवर्तन भए पनि शहिद, बेपत्ता र अपाङ्गता भएका नागरिक र तीनका परिवारले परिवर्तनको अनुभूति ढुङ्गसँग महसुश गर्न पाएका छैनन् । मानिसमा एक प्रकारको निराशा पनि सँगसँगै छ  । यो सँगै अझै आश मेरेको छैन किनकी ‘सास रहेसम्म आश रहन्छ’ भन्ने विषय मानवीय स्वभाव हो । 

नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा शरु भएको छ । महाधिवेशनमा एक हजार ७०० बढी प्रतिनिधि सहभागी छन् । राजनीतिक क्रान्तिमा श्रेष्ठता हासिल गरेको माओवादीले यस महाधिवेशनबाट थप प्रष्ट विचारसहित आफूलाई स्थापित गर्ने बताइरहेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अढाई घण्टा लगाएर राजनीतिक प्रतिवेदन पेश गर्नुभयो । माओवादीका प्रतिनिधि तथा पर्यवेक्षक अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने क्रममा छन् । महाधिवेशनमा विभिन्न वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिको उपस्थिती छ । उनीहरूमा अझै पनि विश्वास छ, माओवादी बौरिएर आउँछ र २०६४ सालको जस्तै स्पातिलो बन्छ । जनताको विश्वास र भरोसा पनि उस्तै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई माओवादीले स्थापित गरेको छ । 

माओवादीको महाधिवेशनमा सहभागी हुन आउनु भएका रुकुम पश्चिमका वृक्ष उकेरा क्षेत्री ‘साकार’ आफैँ जनयुद्धको एक योद्धा हुनुहुन्छ ।  पूर्व जनमुक्ति सेनामा काम गर्नुभएका क्षेत्री युद्धको क्रममा घाइतेसमेत हुनुभयो । उहाँलाई लागेको छ, माओवादी छिट्टै पूर्ववत् अवस्थामा फर्कनेछ । उहाँले शहिद परिवार, घाइते योद्धाको निम्ति पार्टी फुट्नु अत्यन्त दुखद्  भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “मेरो आग्रह छ माओवादीहरू मिल्नुपर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरी पूर्व माओवादीहरू एकीकृत हुनुपर्छ ।”

विसं २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी भएको थियो ।  अबको निर्वाचनमा पनि माओवादी पहिलो पार्टीको रूपमा आउनुपर्छ भन्ने उहाँलाई लागेको छ ।  विसं २०५५ देखि माओवादी पार्टीमा आबद्द हुनुभएका श्रेत्री २०५७ सालमा जनमुक्ति सेनामा प्रवेश गर्नुभएको थियो । जनयुद्धका क्रममा पाल्पा आक्रमणमा घाइते भइपछि दायाँ खुट्टा गुमाउनु परेको थियो । 

उहाँले रासससँगको कुराकानीमा भन्नुभयो, “जनताले हेर्दा सबै पार्टीको विधि, विधान, एजेण्डा, भाषण, सिद्दान्त राम्रै लाग्छ तर व्यवहारमा लागू कुन पार्टीले गर्यो त भन्ने विषय मुख्य हो । व्यवहारमा हेर्दा सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो भन्नेमा जनता प्रस्ट छन् ।”


उहाँको  विचारमा दलित, महिला, जनजाति, मधेशीलगायत उत्पीडित समुदायको पार्टी भनेकै माओवादी पार्टी हो । यो पार्टीको विगतमा केही कमिकमजोरी भए पनि त्यसलाई सच्याउँदै फेरी आफ्ना मुद्दालाई लिएर जनता सामु जानुपर्ने उहाँको सुझाव छ । पार्टीको महाधिवेशनले अझै शसक्त नीति बनाएर जनतामा जाने उहाँको विश्वास छ । 

उहाँलाई लाग्छ दश वर्षे जनयुद्ध माओवादीले जितेको पनि होइन र हारेको पनि थिएन ।  अब फेरी जनयुद्ध वा द्वन्द्व गर्न सम्भव पनि छैन । शान्ति प्रक्रिया एउटा सम्झौता मात्रै भएको हो । माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । राज्य संरचनामा माओवादी भर्खरै आएको हुँदा सबै पार्टीसँग सहकार्य जानुको विकल्प थिएन ।  उहाँलाई  जनयुद्धप्रति कुनै पश्चाताप छैन बरु गर्वको बोध छ ।  “हामी व्यक्ति वरिवर्तनको लागि लडेको होइन, साम्यवादका लागि लडेको हो । सिङ्गो देशको प्रणाली परिवर्तनका लागि लडेका हौँ, त्यसैले धैर्य गर्नुपर्छ परिवर्तन भएको हन्छ, हुन्छ ।”

सुदूरपश्चित प्रदेश पञ्चदेवल विनायक नगरपालिका–४ कालिका महाधिवेशन प्रतिनिधि, रामबहादुर विक पनि माओवादी पूर्ववत् अवस्थामा फर्कनेमा ढुक्क हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माओवादीसँग एजेण्डा छ ।” माओवादीको एजेण्डालाई अरुहरूले खोस्न खोजेर यो नखोसिने उहाँको भनाइ छ । 

नेपालको राजीनतिक परिवर्तन र यो व्यवस्था ल्याउका लागि माओवादी आन्दोलनको ठूलो त्याग, तपस्या र सङ्घर्ष रहेको स्मरण गर्दै उहाँले आफूहरूले उठाएका एजेण्डा अहिले राज्यमा स्थापित भएका प्र्रसन्नता व्यक्त गर्नुहुन्छ ।  

राजनीतिक एजेण्डालाई त्यसलाई संस्थागत गर्नका लागि माओवादी पुसन आफ्नो धरातलमा फर्कनुपर्ने उहाँको भनाइ छ । “पार्टी जनताको बीचमा जानुपर्छ । जनतालाई एकताबद्ध गर्नुपर्छ र फेरी जनतालाई राज्य सत्ताको मूलप्रवाहमा जोड्नका लागि माओवादी पार्टीले त्यही प्रकारको नीति बनाउनुपर्छ”, उहाँले भन्नुभयो । 

नामले परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन भएको छैन जनताको जीवन शैलीमा परिवर्तन गर्नका लागि माओवादीले एक पटक फेरी पहल गर्नुपर्ने उहाँको भनाइ छ । “यो देशका उत्पीडित जाती, महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका मानिसलाई फेरी राज्यको मूल प्रवाहमा जोड्नका लागि माओवादी पार्टीले फेरी एक पटक अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।  

माओवादीबाट छुट्टिएर अर्को पार्टी खोल्ने नेताहरूलाई तपाई के भन्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उहाँको टिप्पणी छ, “राजनीतिक पार्टीमा यो प्रवृत्ति स्वाभाविक हो ।  केही मान्छेहरू व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मूल पार्टी छोडेर दायाँबायाँ गरी नै राखेका हुन्छन् ।”

उहाँको विचारमा प्रतिगमनकारी गतिविधिमा लागेका मान्छे र समूहसँग जानु आफैमा मिल्दो कुरा थिएन । उहाँले भन्नुभयो, “केपी ओली शर्माको पार्टीमा गएका मान्छेहरूले केही पद वा कुर्ची प्राप्त गर्नका लागि गएका हुन् । त्यसले त्यति ठूलो अर्थ राख्दैन । अवसरवादीहरू जाने आउने भइ नै रहन्छ । माओवादी पार्टी झन बलियो भएर जनताको बीचमा गएको छ ।” 

महाधिवेशनमा सहभागीहरूका समान धारणा छन्, माओवादी पुनः बौरिएर आउँछ । उहाँहरूका भनाइ छ, “हामी त्यो विश्वासका साथ अगाडि बढेका छौँ, किनकी हामीले एजेण्डा छाडेका छैनौँ । जनतालाई विश्वास छ, माओवादी अझै भरोसायोग्य शक्ति हो भन्नेमा ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते