2026-09-08 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा एक नेपाली पक्राउ

पुस १२, काठमाडौँ | पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न देखिएका थिए ।

‘तर त्यसबेला उनको संलग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘अहिले संलग्नता खुलेपछि २७ मंसिरमा गुरुङविरुद्ध रेड नोटिस जारी भएको थियो ।

प्रहरीका अनुसार गुरुङले सामान्य विवादमा रोजन राईलाई दाउराको चिरपट प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । लगत्तै उपचारका लागि अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

इन्टरपोल नेपालका एक अधिकृतका अनुसार गुरुङलाई कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर कामाडौं ल्याउने प्रयास भइरहेको छ । ‘उनी संलग्न रहेको अदालती प्रमाणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ’ ती अधिकृतले भने, ‘त्यसैको तयारी गरिरहेका छौं ।’

एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग