2026-06-16 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको विधान संशोधन गर्ने तयारी

२०७८ पुष १३, मंगलवार

पुस १३, काठमाडौँ | प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ।

बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कमिटीले तदर्थ समिति गठनको गृहकार्य सुरु गरेको जनाएको छ। वर्तमान कार्यसमितिले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली निर्वाचन कमिटीलाई उपलब्ध गराउन नसकेपछि एनआरएनएको निर्वाचन पटकपटक स्थगन हुँदै आएको छ। निर्वाचन कमिटी गठन गरिएको लामो समय बितिसक्दा पनि निर्वाचन गराउने वातावरण नबनेपछि एनआरएनएभित्रको विवाद समाधानका लागि तदर्थ समिति गठन गरी समस्याको समाधान खोज्न पर्नेमा जोड दिइएको छ।

निर्वाचन कमिटीका एक सदस्यका अनुसार विवाद समाधानका लागि तत्काल एक स्वतन्त्र तदर्थ समिति गठन गर्ने तयारी भइरहेको हो। वर्तमान कार्यसमितिको थपिएको छ महिने अवधि पनि सकिन लागेकाले त्यसअगावै निर्वाचन कमिटीले तदर्थ समिति बनाउने र सो समितिले विशेष साधारणसभा बोलाएर अहिले देखिएको विवादित निर्वाचन प्रणालीलाई हटाउँदै सर्वपक्षीय र सरल तरिकाबाट विधान परिमार्जन गरी दिगो समाधान निकाल्न सहज हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते