‘पाँच दलीय गठबन्धन चुनावसम्म टिक्छ’

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस १८, काठमाडौँ | नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन्। आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरूलाई देउवाले गठबन्धनमा सल्लाह त्यसबारेमा निर्णय लिइने बताएका छन्।

पछिल्लो पटक रामेछापका काँग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरू पूर्वजिल्ला सभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई बागमतीबाट राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल गर्न बालुवाटार गएका थिए। उनीहरूसँग देउवाले गठबन्धन छाडेर काँग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए।

राष्ट्रियसभा निर्वाचन मात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिन,गाउँ गाउँमा एमाले बलियो छ,गठबन्धन छाड्ने कुरा छैन, भोलि बागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो।’

देउवालाई भेट्न काँग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्व सभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरू भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसी लगायतका नेता बालुवाटार पुगेका थिए। देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै काँग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply