नेपाली सेनाले माग्यो ठूलो संख्यामा क्याडेट अधिकृत (विज्ञापनसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस १८, काठमाडौँ | नेपाली सेनाले ठूलो संख्यामा अधिकृतको माग गरेको छ। सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको हो। सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले क्याडेट अधिकृत माग गर्दै आइतबार सूचना निकालेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा माघ १७ गतेसम्म आवेदन दिन सकिने निर्देशनालयले जनाएको छ। खुलातर्फ १२६, महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेसीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।

क्याडेट अधिकृतका लागि १२ कक्षा उत्तीर्ण १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएलाई भने २४ वर्षसम्मको उमेर हद तोकिएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply