माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस १८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसिरहेको छ। आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन्।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिवार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ। जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो।

स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन्। माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ। अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply