कोलोराडो सहरमा ५ सय घर जलेर खरानी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

एजेन्सी | अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरू जलेर खरानी भएका छन्। बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुई वटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन्।

डढेलोबाट शनिवारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरूले शनिवार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका हुन्। डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ। विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिवार अधिकारीहरूले बताएका छन्।

लामो समयको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो। प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीव्र रूपमा फैलिएको थियो। डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए। तीव्र रूपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन्। विज्ञहरूले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन्। अघिल्ला वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रूप लिने गरेको बताइएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply