पुस २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

जसअनुसार प्रचण्डले मोरङकी उर्मिला अर्याललाई प्रदेश २ मा, गण्डकीमा सुरेश आलेमगर र भरत सुनारको नाम टुंगो लगाएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनका अनुुसार आले अन्य कोटा र सुनार दलित कोटाबाट उम्मेदवार बनेका हुन्।

यस्तै कर्णाली अपांग तथा अल्पसंख्यकबाट सुर्खेत नरबहादुर विष्ट र दलितबाटै सुदूरपश्चिमबाट जगत पार्कीलाई उम्मेदवार बनाइएको छ। एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन्।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो। जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए। फेरि उनैलाई दोर्होयाउन थालिएको हो। तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ।

यी हुन् माओवादी केन्द्रबाट छानिएका राष्ट्रिय सभा सदस्यका उम्मेदवार
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment