पुस २०, मङ्गलबारे Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, मङ्गलबारे
2026-10-03 12:33 AM
इलाम - ILM

जङ्गली जनावरको आक्रमणबाट विद्यार्थी तथा किसान चिन्तित

पुस २०, मङ्गलबारे | सात वर्षका युनिक सुवेदी डेढघण्टा धाएर निजी विद्यालय जानुहुन्छ । इलामको माइजोगमाईका ३ नामसालिङका उहाँ उकालो बाटो धाएर शुक्रबारे बजारमा रहेको पशुपति एकाडेमीमा कक्षा २ का अध्ययन गर्नुहुन्छ । उहाँ विद्यालय जाँदा कसैको सहारामा जाने गर्नुभएको छ ।

हाल उहाँजस्तै धेरै विद्यार्थी एकसाथ विद्यालय जाने गर्नुभएको छ । प्रायः उहाँहरु स्थानीय शिक्षिका देवी सुवेदी अधिकारीसँग विद्यालय जाने गर्नुभएको छ । कारण हो जङ्गली जनावरको त्रास । गाउँमा पछिल्लो समय जङ्गली जनावरले आक्रमण गर्न थालेपछि विद्यार्थी हुल बाँधिएर विद्यालय जान बाध्य छन् । त्रसित भएका विद्यार्थी जङ्गलको बाटो हुँदै विद्यालय जानुपर्ने बाध्यता छ । 

विद्यालयकी शिक्षिका विद्यालय जान नसकेका दिन घरका ठूला मान्छेको सहारामा विद्यलय पठाउने गरिएको सो क्षेत्रका अभिभावकको भनाइ छ ।  विद्यार्थी मात्र है सो क्षेत्रमा क्रमैसँगै बँदेल चितुवा र भालुलगायतका जङ्गली जनावर निस्किन थालेपछि गाउँले नै चिन्तित बन्नुभएको छ । सो क्षेत्रमा किसान जङ्गली जनावारका कारण त्रसित मात्र हैन बाली नै सखाप गर्न थालेपछि चिन्तित भएका छन् । लगातार बँदेल, चितुवा र भालु जस्ता जनावारले खेतीबारी र मान्छेलाई नै आक्रमण गर्न थालेपछि त्रसित हुनुभएको हो । पछिल्लो समय किसानले लगाएको आलुलगायतका खेतबारीमा बँदेलको हुल नै पसेर खेतीबारी नष्ट गर्न थालेपछि समस्या भएको माईजोगमाई थुम्केकका किसान तेजबहादुर कठेतले बताउनुभयो ।

उहाँका अनुसार रातका समयमा बँदेलको हुल नै पसेर बाली नष्ट गर्ने गरेको छ । किसानले लगाएको आलुको बीउ बँदेलको सुँडले जोतेर बाहिर निकाल्ने र खाने गरेको छ । भर्खरै रोपिएको आलुको बीउ पनि खान थालेपछि आफ्नो साँवा नै गुमेको सो क्षेत्रका किसानको भनाइ छ । रातको समयमा बँदेलको हुल नै पस्ने भएकाले बाली जोगाउन समस्या भएको उनीहरुको भनाइ छ । 

स्थानीय सरकारलाई यस बारेमा पटक–पटक जानकारी गराए पनि बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ छ । यस सिजनमा बीउ आलु खाने र उम्रिएपछि फलुञ्जेलसम्म आलुको चिनोबानो नहुँने उनीहरुको दुखेसो छ । गाउँपालिकाको थुम्के, जौबारी, प्याङ, नामसालिङ लगायतका क्षेत्रमा बँदेलले बढी दःुख दिने गरेको छ ।

सो क्षेत्रमा बँदेलले मात्र हैन चितुवा र भालुको आक्रमणबाट किसानले पालेका बाख्रासमेत  आक्रमणमा पर्न थालेका छन् । चितुवा र भालुले बाख्रा खान थालेपछि किसान थप चिन्तित भएका छन् । गएको बर्खाबाट देखा परेको चितुवाले माईजोगमाई गाउँपालिका ३ नामसालिङका किसानले पालेका बाख्रा खान थालेको छ ।

यसका कारण सुरेश सुवेदीलगायत धेरै किसानका बाख्रा मारेको बताइएको छ । चितुवाको आक्रमण बढ्न थालेपछि किसानले बेँसीमा पालेका बाख्रालगायत गाईका बाच्छा जोगाउन समस्या भएको बताउने गरेका छन् । खोरमा नै पसेर आक्रमण गर्न थालेपछि किसानलाई आफ्ना चौपाय जोगाउन समस्या भएको छ । 

चितुवाले मान्छेलाईसमेत आक्रमण गर्ने भएकाले स्थानीयवासीले त्यसको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै आएका छन् । बाँदर, मृग, खरायोलगायतका जङ्गली जनावारले किसानले लगाएको खेती खाएर नष्ट गरिरहेकै समयमा पछिल्लो समय भालुलेसमेत दुख दिन थालेपछि चिन्ता थपिएको छ । भालुले मान्छेलाई नै आक्रमण गर्न थालेपछि समस्या भएको छ ।

विद्यार्थी विद्यालय आवतजावत गर्दासमेत एकै समयमा हुल बाँधिएर हिँड्न थालेका छन् । गाउँमा भालुको आक्रमण बढ्न थालेपछि गाउँमा त्रास फैलिएको छ । भालुको नङ्ग्राबाट स्थानीयवासी घाइते भएका छन् । जङ्गली जनावारको आक्रमणबाट जोगाउन स्थानीयवासी प्रदेश र सङ्घीय सरकारसँग मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने