२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

२०७८, १६ माघ आईतवार १०:४०

माघ १६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।

निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । 

गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ । 

उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भरचुल माध्यमबाट बैठक सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढदै गएकाले वाग्मती प्रदेश र प्रदेश नं १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उहाँले बताउनुभयो ।  

राप्रपाले मधेश प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ । कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी