‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ’: डा. भट्टराई

साझासवाल

<p>माघ १७, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्।<br></p><p>उनले सामाजिक सञ्चालमा ट्वीट गर्दै आलटाल नगरी एमसीसी पारित गर्नु पर्नेमा जोड दिएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरेर सबै एक मुख भएर जनतालाई बुझाउन सुझाएका छन् ।</p><p>डा. भट्टराई सामाजिक सन्जालमा लेख्छन्,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ! ’</p>

Leave a Comment

Leave a Reply