ने.क.पा. (गौरबशाली) ले वामपन्थी शक्तिलाई एकतावद्ध गर्न पहल गर्ने

साझासवाल

चैत २०, काठमाडौं । ने.क.पा. (गौरबशाली) पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार पुरानो सिनामंगल स्थित केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष भविश्वर पराजुलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी स्थानीय चुनावमा वामपन्थी शक्तिलाई एकतावद्ध गराउन पहलकदमी लिने र पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने निर्णय लिएको पार्टी प्रवत्ता बालकृष्ण लम्सालले बताए ।

सातै प्रदेशका ईन्चार्ज तथा जबस ईन्चार्ज एवं विभागिय प्रमुख समेतको सहभागी बैठकले स्थानीय चुनावमा तालमेल वा सहकार्य गर्ने विषयमा छलफल चलाएको सम्बन्धित सुत्रले जनाएको छ ।

आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको धारणा बनाउन बसेको सो बैठकले पार्टी संगठन र विभागिय जिम्मेवारीको हेरफेर समेत गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भई स्याउ चिन्ह प्राप्त गरेको सो पार्टीले देशव्यापी रुपमा संगठन विस्तार गर्दै गएको र देशभक्त, वामपन्थी शक्तिलाई एकतावद्ध गराउन विशेष पहलकदमी लिदै आएको छ ।

२०७५ सालमा तत्कालीन ने.क.पा. एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुँदा असन्तुष्ट भई नेकपा माओवादी केन्द्रलाई नै निरन्तरता दिदै आएको सो पार्टीलाई निर्वाचन आयोगले माओवादी केन्द्रको मान्यता नदिएकोले

नेकपा (गौरबशाली) को नाममा दर्ता गरी पार्टीका गतिविधी गर्दै आएको छ ।

Leave a Comment

Leave a Reply