<p>चैत २०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । <br></p><p>मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।</p>
April 3, 2022
सिन्धुपाल्चोक - SDP, स्वास्थ्य
सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










