2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३४ भोट ल्याउनेले मेयर दाबी गर्दैछन् : माधव नेपाल

वैशाख ३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा चुनावी तालमेल र सिट बाँडफाँडमा वास्तविकता नबुझी तलका कार्यकर्ताको मात्रै कुरा सुनेर निर्णय गरिए अप्ठेरो अवस्था आउन सक्ने बताएका छन् ।  शनिबार काठमाडौँमा पार्टी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनभित्रकै दलहरूबीच वास्तविकताभन्दा बाहिर गएर दाबी गर्ने गरेकाले गाह्रो भएको बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धनभित्र २०७४ मा एमालेले जितेका स्थानमा पहिलो हक लाग्ने पनि बताए । ‘२०७४ मा एमालेले जितेका स्थानमा हाम्रो पहिलो हक लाग्छ’नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले दावी गर्दैछ भनेपछि नकारात्मक टिप्पणी भएको भन्दै गठबन्धनको बैठकमा आफूले पोखराको तथ्य अघि सारेको बताए । उनले पोखरमा महानगरमा मात्रै आठ हजार सङ्गठित र क्रियाशील सदस्यहरू रहेको बताए । ‘अझै जनवर्गीय संगठनका सदस्य जोड्ने हो भने १२ हजार पुग्छ । अनि एकीकृत समाजवादीको केही अर्थ छैन भन्ने ?’, गठबन्धनका नेताहरूबाटै हुने टिप्पणीबारे नेपालले कटाक्ष गरे । 

अध्यक्ष नेपालले गत चुनावमा हालको गठबन्धनमा रहेको एउटा पार्टीले एउटा पालिकामा १३४ भोट पाएको तर अहिले सो पार्टीले पालिका प्रमुख दाबी गरेको चर्चा गरे । ‘एउटा सिङ्गो पालिकामा १३४ मत ल्याउनेले अहिले हाम्रो मेयर हुनुपर्छ भन्दो रहेछ । त्यसैले अलि गाहे छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धनभित्र सिट तालमेल गर्ने कुरा गरिरहेको भन्दै वास्तविकता भन्दा पनि तलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति भयो भने अप्ठेरो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक