मतदाताको उत्साहपूर्ण र सक्रिय सहभागिताले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिल्यो : देउवा

साझासवाल
1 Min Read

वैशाख ३०, काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।

देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्मपन्न भएको दाबी गरेका छन् ।

नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाको भनाइ छ ।

देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको उल्लेख गरका छन् ।

Leave a Comment

Leave a Reply