2026-10-15 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी-५ मा राजनैतिक दलको निरिहता: मतदातालाई दिनभर सास्ती, ७२ प्रतिशत मत खस्यो

अनिल अधिकारी । वैशाख ३०, काठमाडौँ । स्थानिय तह निर्वाचनको दिन आज धादिङको ज्वालामुखी ५ स्थित एक मात्र मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न निकै असहज देखियो । दिनभर चर्को घाममा ठूलो भीड र लामो लाइनमा बसेर मतदान गर्ने क्रममा मतदाताहरुले अनावश्यक दु:ख पाएको गुनाशो गरेका छन् । 

मतदाताहरुले घन्टौं लाइनमा बसेर मतदान गर्न पर्नुमा स्थानीय राजनीतिक दलहरुको निरिहता भएको भन्दै आलोचना गरेका छन् । ज्वालामुखी गाउँपालिकाका बिभिन्न मतदान केन्द्र भन्दा सबैभन्दा बढी मतदाता भएको तथा भौगोलिक हिसावले समेत मतदान केन्द्रसम्म आईपुग्न २ घण्टासम्म हिड्नुपर्ने स्थानमा मतदान केन्द्र हुँदा दुई स्थानमा मतदान केन्द्र राख्न राजनैतिक दलको पहलकदमी नभएको बताइएको छ । यस सम्बन्धमा ज्वालामुखी ५ स्थित सुनछायाँ आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन अधिकृतको रुपमा खटिएका बद्रीनाथ लम्सालले ज्वालामुखी ५ मा दुई स्थानमा मतदान केन्द्र नहुँदा शुक्रबार सम्पन्न मतदानमा मतदाताले अनावश्यक सास्ती झेल्नुपरेको स्वीकार गरे । उनले झन्डै ४ हजार मतदाता भएको वडामा एक मात्र मतदान केन्द्र हुनुले लाइन तथा भीड व्यवस्थापनमा समेत असहज भएको बताए ।

लम्सालले राजनैतिक दलहरुले निर्वाचन हुनु तीन महिना अगावै जिल्ला निर्वाचन कार्यालयमा मतदान केन्द्र थप्नुपर्नेबारे पहलकदमी नहुँदा यस्तो समस्या आएको बताए । उनले एकै स्थानिय तहमा कुनै ठाउँमा १ हजार १ सय मतदाताको लागि छुट्टै मतदान  स्थल तोक्दा त्यसको झन्डै ४ गुणा बढी मतदाता भएको ज्वालामुखी ५ मा एक मात्र मतदान केन्द्र भएको कारण निर्वाचन समयमै सम्पन्न गर्न तथा ढिला गर्दा हुनसक्ने सुरक्षा चुनौती समेतको जोखिम बढेको बताए । उनले भने ‘ज्वालामुखी ५ मा छुट्टै मतदान केन्द्र आवश्यक थियो तर भएन । जनतालाई मतदान गर्न सहज वातावारण प्रदान नगर्दा त्यसले राजनैतिक दल तथा व्यवस्थाप्रति बितृष्णा सृजना हुन्छ । यस सम्बन्धमा स्थानिय राजनैतिक दलहरुले पहलकदमी लिनुपर्छ ।’ 

यसैबिच ज्वालामुखी ५ मा कुल कुल मतदाता मध्य ७२ प्रतिशतले प्रतिशतले मतदान गरेका छन् । ३९८४ मतदाता रहेका यहाँ २८५८ जनाले मतदान गरेका छन् । तीन हजार भन्दा बढी मत खस्ने अनुमान गरिएको यहाँ बेलुका साढे ७ बजे मात्र मतदान सकिएको हो । मतदाता धेरै हुँदा मतदान गर्न ढिलाईको कारण राति ९ बज्दा समेत मतपेटिकाहरु पठाइएको छैन । केहिबेरमा मतपेटिका लैजाने तयारी रहेको बताउँदै मतदान केन्द्र अधिकृत लम्सालले ज्वालामुखी ५ को मतदान ढिला गरि सम्पन्न भएपनि सौहाद्रपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिए । उनको अनुसार ज्वालामुखी गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भई सकेपछि सबै दलको सहमतिमा मतगणना कार्य सुरु हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने