काठमाडौंको नयाँ मत परिणाम: बालेनले पाए ८४२ मत

साझासवाल
1 Min Read

जेठ १, काठमाडौँ । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ८४२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याउने क्रममा छन् । स्थापितले ७२३ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ५०९ मत पाएकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमी चौथो स्थानमा छन् । सायमीले ७२ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत पाएका छन् । त्यस्तै बिबेकशील साझाकि उम्मेदवार समिक्षा वास्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् । राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् ।

Leave a Comment

Leave a Reply