<p><b>जेठ ४, काठमाडौँ । </b>काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बलेन शाहले अग्रता कायमै राखेका छन् ।<br></p><p>उनले केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्दीसँग मतान्तर बढाउँदै १५ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।</p><p>भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र स्थापितबीच ७ हजार ५ सय २२ मतको अन्तर देखिएको छ । त्यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छिन् । भने राप्रपाको मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।</p>
काठमाडौँको मेयरमा बलेन शाहको अग्रता कायमै,स्थापितसँग ७ हजार ५ सय २२ को मतान्तर
Leave a Comment

