पोखराको मेयरमा गठबन्धनको साढे १८ सयको अग्रता

साझासवाल
1 Min Read

<p><b>जेठ ४, पोखरा |</b> पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ । मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।<br></p><p>उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि&nbsp; छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् । कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply