जेठ ५, काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले मतगणना भइरहेको छ। वडा र गाउँपालिकाको नतिजा लगभग अन्तिम चरणमा पुगेका छन् भने केही नगरपालिका, ९ उपमहानगरपालिका र ६ महानगरपालिकाको मत गणना जारी छ।

यो स्थानीय तह चुनावमा विशेष गरी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको राम्रै उपस्थिति छ। तर, अहिले विशेष गरी महानगरपालिका र उप-महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उपस्थिति जबर्जस्त बनाएका छन्।

यतिबेला सबैभन्दा धेरै चर्चा काठमाडौं महानगरमा बालेन साहको छ। जसले पुरानो विरासत बोकेका पार्टीलाई पछाडि छोडेर मेयरको दौडमा अगाडी रहेका छन्। त्यो पनि पाँच पार्टी एकातिर र सशक्त पार्टी एमालेको बीचबाट अघि निस्किएका बालेनले दुवै उम्मेदवारलाई निकै पछि छोडिसकेका छन्।

हालसम्म काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको हालसम्म २३ हजार ५८४ , नेकपा एमालेका केशव स्थापितको १२ हजार ३८० र नेपाली कांग्रेसकी सिर्जना सिंहको ११ हजार ४९९ मत प्राप्त भएको छ।

काठमाडौं मात्र होइन ११ वटामध्ये तीन वटा उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले दलहरूलाई सोच्न बाध्य बनाएको छ।

यस्तै, धनगढी महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ३ सय १२ मतसहित अगाडि रहेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका नृप बहादुर वडले उनको भन्दा आधा मत पनि पाउन सकेका छैनन्। उनले ५ हजार ४९० मत प्राप्त गरेका छन्। नेकपा एमालेका रण बहादुर चन्दको २ हजार ५६७ मत प्राप्त गरेका छन्।

यस्तै, जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार कुमार साह सुडी ५ हजार २७९ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा एमाले शिव शंकर साहले ३ हजार ४२० मतले पछ्याइरहेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले २ हजार १३२ पाएर तेस्रो स्थानमा रहेका छन्।

यस्तै, धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। स्वतन्त्र उम्मेदवार हर्क राज राई ८ हजार ६०६ मतसहित अगाडि रहेका छन्। दोस्रोमा नेपाली कांग्रेसका किशोर राई ८ हजार ४१५ मतसहित दोस्रोमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी ६ हजार ८९८ मत सहित तेस्रो स्थानमा रहेका छन्।

महानगर र उपमहानगरमा स्वतन्त्रको क्रेज : गठबन्धन र एमालेलाई उछिनेर अघि बढ्दै
Leave a Comment