2026-08-30 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

जेठ ५, सुर्खेत | कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हाे। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।

मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । 

राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।

उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा नंं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नंं २ मा गजबहादुर बुढा एमाले, वडा नंं ३ मा विनोदसिंह विष्ट एमाले, वडा नं. ४ मा शेरबहादुर केसी एमाले,  वडा नं. ५ मा लोकवहादुर शाही एमाले, वडा नं. ६ मा जनकबहादुर रावल कांग्रेस, वडा नं.७ मा ध्रुवकुमार चपाई कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा एमाले,  वडा नं. ९ मा ऋषि गिरी एमाले, वडा नं. १० मा डिलबहादुर रखाल एमाले, वडा नं. ११ मा खिमलाल देवकोटा एमाले, वडा नं. १२ मा चुडामणि चपाई एमाले, वडा नं. १३ मा दीपेन्द्रराज कोइराला कांग्रेस, वडा नं. १४ः देवबहादुर रोकाय एमाले, वडा नं. १५ मा कृष्णबहादुर थापा कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने