काठमाडौँ महानगरको उपमेयरमा सुनितालाई ५३ प्रतिशत मत, अन्यले कति पाए?

साझासवाल
1 Min Read

जेठ १२, काठमाडौँ |काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएर विजयी भएकी छन् । महानगरको ३२ मध्ये २९ वडाको अन्तिम गणना सकिँदा डंगोलले ६६ हजार ८७८ मत पाएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.४३ प्रतिशत हो।

यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३०३१ मत पाएका छन्। उनले १८.४० प्रतिशत मत पाएका छन्। यस्तै आँखीझ्याल चिन्हबाट चुनाव लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३१७६ अर्थात १०.५३ प्रतिशत मत पाएकी छन्। यस्तै राप्रपाकी उपमेयर उम्मेदवार विनिता मगैयाले ११६४७ मत ल्याएकी छन्। उनले कुल खसेको सदर मतको ९.३० प्रतिशत मत पाएकी छन्।

यस्तै लौरो चुनाव चिन्ह लिएर उपमेयरमा उम्मेदवार दिएका वेन्जी सिंह महर्जनले ६३३६ मत पाएका छन्। उनले कुल खसेको सदर मतको ५.०१ प्रतिशत मत पाएका छन्। विवेकशील साझाका क्रिर्ती कंशाकारले २४४९ मत पाएका छन्। उनले कुल खसेको मतको १.९६ प्रतिशत मत पाए। अन्य उपमेयरका उम्मेदवारहरूले १६६३ अर्थात १.३३ प्रतिशत मत पाएका छन्।

काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ। हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना भएको छ। मतगणना अझै जारी छ।

Leave a Comment

Leave a Reply