जेठ १३, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताए ।

संसदमा दलहरुको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले संसदमा एकले अर्काेलाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताए । ‘एकले अर्काेलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भने ।

भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उनले भने, ‘पृथ्वी नारायाण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर, अहिले किन मन जोडिएन । जुन जनताका लागि संविधान बनाइयो, त्यही जनतालाई गोली हानियो ।’

नेपाल सबै जातजाति र समुदायका लागि बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै उनले एकल राज्य प्रणालीमा चलेको आरोप लगाए । जनता अहिले पनि पहिचान चाहिरहेको भन्दै उनले बालेन साहको विजयी परिवर्तनको संकेत रहेको बताए ।

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो
Leave a Comment