Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्याङ्जामा पाराग्लाइडिङबाट खसेर युवती घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १३, काठमाडौँ | पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् ।

शुक्रबार दिउँसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

पाराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा पाराग्लाइडिङ उडाउने गरिन्छ ।