2026-06-20 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : के भन्छन् गठबन्धन घटकका नेताहरु ?

जेठ १७, काठमाडौँ | गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । चुनाव सकिएर जनप्रतिनिधिले शपथसमेत लिइसकेका छन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढ्नु स्वाभाविक हो । तर, गठबन्धन घटकका नेताहरुले मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा अहिले आ–आफ्नै तर्क गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । ‘अब कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको चुनाव गर्नु छ । त्यो भनेको यस्तै ५/६ महिनामात्रै बाँकी छ,’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मलाई लाग्छ अब मन्त्री हेरफेर हुँदैन होला । यही सेट नै अघि बढ्न सक्छ ।’


गठबन्धन दलको सरकार भएकाले मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्ने भएमा हुन पनि सक्ने बस्नेतले बताए । यद्यपि चुनावपछि मन्त्रिपरिषद् हेरफेरका विषयमा कतै चर्चा भने नभएको उनले बताए । यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्री हेरफेरका विषयमा चर्चा नै नभएको दाबी गरे । ‘अहिलेसम्म मन्त्री हेरफेरका विषयमा गठबन्धन वा पार्टीभित्र कतै चर्चा भएको छैन,’ भुसालले भने, ‘यदि गठबन्धनमा सहमति भएमा हेरफेर हुन/नहुन पनि सक्छ । अहिलै भन्न सकिएन ।’

तर, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलछल भइरहेको दाबी गरे । ‘गठबन्धन र पार्टीभित्रै मन्त्री हेरफेरको चर्चा भइरहेको छ,’ चौधरीले भने, ‘कहिले र कसरी मन्त्री हेरफेर गर्ने भन्ने टुङ्गो लागेको छैन । यो महिनाभित्रै मन्त्री हेरफेर हुन्छ ।’

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै जानकारी नभएको बताए । ‘स्थानीय चुनावमा आफ्नै क्षेत्रमा थिएँ । बल्ल काठमाडौं आएँ, के हुन्छ भन्ने बुझेरमात्रै भन्न सक्छु,’ राईले भने ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल नभएको काँग्रेस उपभापति पूर्णबहादुर खड्काले बताए । स्थानीय चुनावको समीक्षा, जिल्ला समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भए पनि मन्त्री हेरफेरको विषयमा प्रवेश नै नभएको खड्काले बताए ।

यही गठबन्धन प्रदेश र संघको चुनावसम्म लग्ने विषयमा छलफल भएको र गठबन्धन सरकारले कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्ने विषयमा भने छलफल भएको स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनबारे ठोस निर्णय भने भइनसकेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ