2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वीलचेयरमा आएका व्यक्तिले मोनालिसाको चित्रमा केक छ्यापेपछि …

जेठ १७, पेरिस | एजेन्सी | वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । केक प्रहार हुँदा सो चित्रलाई ढाकेको सिसामा लागेको छ । 

विग र लिपिस्टिक लगाएका ती व्यक्तिले  मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेका थिए । सो घटनाइलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरूमध्येका एक हुन् । 

‘ह्वीलचेयरमा लुगा लगाएकोे एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलााई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालेरिमा गुलाफसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए । 

‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे ’, ३६ वर्षका ती व्यक्तिले भने । पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै