Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालगञ्ज घटनाप्रति पूर्व राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १९, काठमाडौं | नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।

सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । 'ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रश्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ' शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाईएको घटनाबाट हामी स्तव्ध भएका छौं' विज्ञप्तिमा भनिएको छ, 'नेपालको गौरवमय ईतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह,  युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।'

जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुरयाउने महामोनाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको विज्ञप्तिमा भनिएको छ ।  'ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो' विज्ञप्तिमा भनिएको छ ।

नेपालगञ्जमा आज वीरेन्द्रको सालिक राख्ने क्रममा झडप भएको थियो र प्रहरीले सालिक राख्न दिएको थिएन । त्यसक्रममा प्रहरीले हवाइ फायरसमेत गरेको थियो ।